१.
यस्तै तालले काम गराइको लय गुम्न सक्छ
तिमीले आर्जेको आफ्नै परिचय गुम्न सक्छ
लोभ पनि कति गर्छौ भएभरको बल लगाई
लाखको पछि लाग्दा हातको सय गुम्न सक्छ
२.
बाहिर गमक्क फुल्नेको वजन हुँदैन
बढी हौसिनेमा शालीनता झन् हुँदैन
ढुङ्गाझैँ मौन देखिनेको हृदय हुन्छ बरु
मान्छे झैँ देखिनेको अचेल मन हुँदैन
— राजु आचार्य ‘दीप’
इच्छाकामना- १, चितवन ।
( हाल: माडी – १, चितवन )



