९ साउन, काठमाडौँ । भारतीय केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । परीक्षाको प्रश्नपत्र बाहिरिएको (पेपर लिक) प्रकरणलाई लिएर चौतर्फी विरोध भइरहेका बेला उनले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बीबीसी हिन्दीका अनुसार प्रश्नपत्र बाहिरिएपछि रुष्ट बनेका विद्यार्थीहरूसँगै विपक्षी दलहरूले समेत मन्त्री प्रधानको राजीनामा माग गर्दै सडक आन्दोलन चकाएका थिए । विद्यार्थी तथा विपक्षीको निरन्तरको दबाब र प्रदर्शनपछि शिक्षामन्त्री प्रधानले पदबाट राजीनामा दिएका हुन् ।




