३ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ ।
निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत अवस्थामा फेला परेको हो । २०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको विवरण छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







