१८ बैशाख, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार कीर्तिपुरमा भएको खेलमा नेपालले यूएईलाई ६ रनले हराएको छ ।
वर्षाका कारण खेल छोट्याइएपछि २५५ रनको लक्ष्य पछ्याएको यूएई ३८ ओभरमा २४८ रनमै समेटियो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए ।
यसअघि नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले शानदार १०० रन बनाए भने विनोद भण्डारीले ५६ रन जोडे । यस जितसँगै नेपालले १६ अंक जोड्दै तालिकामा सातौँ स्थानमा कायम रहेको छ ।



