काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ । गणनाका लागि खटिएका गणक तथा सुपरिवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगेका छन् भने स्थलगत तथ्याङ्क सङ्कलन असारको पहिलो हप्ताभित्र सक्ने लक्ष्य राखिएको छ ।
झण्डै पाँच हजार जनशक्ति परिचालन गरिएको यस गणनामा उद्योग, व्यवसाय, सेवा, सहकारी तथा सरकारी–निजी संस्थासम्बन्धी आधारभूत आर्थिक विवरण सङ्कलन गरिनेछ ।
यसअघि २०७५ सालमा गरिएको पहिलो गणनामा देशभर नौ लाखभन्दा बढी प्रतिष्ठान सञ्चालनमा रहेको विवरण सार्वजनिक गरिएको थियो ।



