४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीचको भेटमा नेपाली झन्डा नदेखिएको विषयमा जवाफ दिएका छन ।
आइतबार (असोज ४) वनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले उक्त भेट वित्तमन्त्री सीतारमणको कार्यकक्षमा भएकाले नेपालको झन्डा नरहेको जिकिर गरे ।
“हाम्रो सभापतिको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ र अर्थमन्त्रीजीको कार्यकक्षमा पनि राष्ट्रिय झन्डा छ, त्यहाँ भारतीय झन्डा त हुने कुरा भएन ।”
— जगदीश खरेल, प्रवक्ता, रास्वपा
खरेलले थप स्पष्ट पार्दै भने, “त्यहाँ (भारत) पनि जुन फोटो आइरहेको छ, त्यो उहाँ (निर्मला सीतारमण)को कार्यकक्षमा भएको भेट हो। दुईपक्षीय भेटमा नेपालको झन्डा पनि सँगै राखिएको छ ।”
कार्यक्रमको सन्दर्भ
खरेलको यो प्रतिक्रिया आइतबार वनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको भलाकुसारीमा आएको हो ।







