४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०८३ साउन १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति जारी गरिएको हो ।
श्रम स्वीकृति लिनेमा एक लाख १२ हजार ३१५ जना पुरुष र १८ हजार १६८ जना महिला रहेका छन ।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पाँच हजार ५९९ ले कम रहेको छ, जुन ४.११ प्रतिशतको कमी हो ।
वर्षगत तुलना
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका थिए । त्यसअघिको आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा भने कुल एक लाख १७ हजार ६८ जनाले श्रम स्वीकृति लिएका थिए ।
०८१/८२
०८२/८३
०८३/८४
महिनागत विवरण
विभागको तथ्यांकअनुसार २०८३ साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०८२ साउनमा ६८ हजार ११० र भदौमा ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका थिए ।
| महिना | २०८२ (गत वर्ष) | २०८३ (चालु वर्ष) |
|---|---|---|
| साउन | ६८,११० | ७०,४४१ |
| भदौ | ६७,८७२ | ६०,०४२ |
| जम्मा | १,३६,०८२ | १,३०,४८३ |
स्रोत : वैदेशिक रोजगार विभाग, नेपाल सरकार । आर्थिक वर्ष २०८३/८४ को साउन–भदौ (श्रावण–भाद्र) अवधिको तथ्यांकमा आधारित ।







