२९ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ नामको नयाँ दल दर्ता गराउनुभएको छ ।
७९ जना केन्द्रीय सदस्य रहने गरी शुक्रबार उहाँको नेतृत्वमा नयाँ दल दर्ता गरिएको हो । नयाँ पार्टीको चुनाव चिन्ह ‘त्रिभुज’ तय गरिएको छ भने सेतो पृष्ठभूमिमा त्रिभुज चिन्ह रहने गरी झण्डा निर्धारण गरिएको छ ।
यसअघि नयाँ दल निर्माणका लागि सहकार्य गरिरहनुभएका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै डा. राणाले पार्टी दर्ता गराउनुभएको हो । अन्तिम समयमा शक्ति बाँडफाँट र पदीय भागबण्डाका विषयमा सहमति जुट्न नसकेपछि उहाँहरू अलग हुनुभएको हो ।







