५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३, बाँसबारीमा रहेको एक साढे दुई तले घर भासिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार बेलुका करिब ८:०० बजे अविरल वर्षाका कारण उक्त घर भासिएको हो ।
सञ्चालनमा रहेको ‘न्यु गण्डकी गेष्ट हाउस’ भवन भासिए पनि घटनाका बेला घरभित्र कोही नभएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।
महानगरपालिकाले घटनापछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ भने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाएको छ ।







