१९ असार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला सात हजार २०० रुपैयाँले बढेर दुई लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ ।
यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी तोलामा १६५ रुपैयाँले बढेर चार हजार ६१५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




