बैशाख १६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने कदमलाई ‘बहादुरी’ नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले झन्डै दुई तिहाइ समर्थन पाएको पार्टीले अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था आउनु ‘बाध्यता’ हो कि अन्य कारण, त्यो पछि खुल्ने बताए । तर यस्तो कदमलाई बहादुरीको रूपमा लिन नसकिने उनको भनाइ छ ।
उनले अध्यादेश संविधानले दिएको अधिकारभित्रै रहेर ल्याइने प्रक्रिया भए पनि यसपटकको सिफारिस संविधानको ‘अक्षर’ मा आधारित भए पनि ‘मर्म’ अनुसार नभएको उल्लेख गरे ।
कार्कीले विगतमा विपक्षी दलले यस्तै अवस्थामा अध्यादेश ल्याउँदा उठाइएका प्रश्नहरूको पनि स्मरण गराउँदै अहिलेको अभ्यासप्रति असन्तुष्टि जनाएका छन् ।



