२३ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ पार्टीलाई मतदान गर्ने सर्वसाधारणहरू नै आज सबैभन्दा बढी असुरक्षित र आतङ्कित बनेको दाबी गरेका छन् ।
शनिबार आयोजित पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पुराना दलहरूप्रतिको आक्रोशका कारण जनताले नयाँ शक्ति रोजे पनि छोटो समयमै मुलुक घोर निराशामा फसेको बताए । मुलुकमा महँगी र कृत्रिम अभाव चुलिएको भन्दै उनले भने, “ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र बालबच्चाको भविष्य सोचेर नयाँलाई भोट दिएका आम जनता आज सबैभन्दा बढी असुरक्षित बनेका छन् ।”
निजी क्षेत्र निराश बनेको र देश भू-राजनीतिक चक्रव्यूहमा फस्दा पनि सरकार मौन रहेको आरोप लगाउँदै उनले यस्तो सङ्कटको घडीमा देश र जनताको रक्षाका लागि राप्रपा बलियो भएर अघि बढ्नुपर्ने बताए ।







