३ असार, काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोटहरू आज ( असार ३ ) गते देखि चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नयाँ नोटहरू बजारमा पठाइएको हो ।
नोटमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ । राष्ट्र बैंकका अनुसार संकेत नुम्बर झ ३८०००००१ देखि ट ८३९९९९९९ सम्मका नयाँ नोटहरू मात्र चलनचल्तीमा ल्याइएको हो ।




