१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज शुक्रबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरिँदैछ । नयाँ बजेट सार्वजनिक गर्नुअघि त्यसलाई औपचारिकता दिन आजै दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । उक्त बैठकले बजेटलाई अन्तिम रूप दिँदै पारित पास गर्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद्बाट बजेट स्वीकृत भएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गर्नेछन् । यसका लागि अपराह्न ४ बजे संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा को संयुक्त बैठक आह्वान गरिएको छ ।
संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते गणतन्त्र दिवसका दिन सरकारले आगामी आर्थिक वर्षको आय र व्ययको वार्षिक अनुमान (बजेट) संसद्मा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।




