१२ बैशाख, काठमाडौँ ।
उज्यालो नेपाल पार्टीले सुकुम्वासीहरूको वास्तविक पहिचान गरी उनीहरूको उचित र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।
हालै सुकुम्वासी बस्ती हटाउने कार्य सुरु भएपछि एक विज्ञप्ति जारी गर्दै पार्टीले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सुकुम्वासी समस्या केवल बसोबासको विषय मात्र नभई मानवीय मर्यादा र संविधान प्रदत्त मौलिक हकसँग जोडिएको पार्टीको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ :
बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गर्न माग गर्दछौँ ।”
संवादबाटै समाधान खोज्न आग्रह पार्टीले सुकुम्वासी समस्यालाई बल प्रयोग गरेर भन्दा पनि शान्तिपूर्ण तवरले सुल्झाउन जोड दिएको छ । विज्ञप्ति मार्फत उज्यालो नेपाल पार्टीले सबै सरोकारवाला पक्षहरूलाई संवाद र सहमतिको माध्यमबाट दिगो समाधान खोज्न आह्वान गरेको छ ।
सुकुम्वासीहरूका आधारभूत मानव अधिकारको रक्षा गर्दै न्यायोचित व्यवस्थापनका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा पार्टीले जोड दिएको छ ।




