नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा दुई जना नयाँ सदस्य थप गर्ने निर्णय अनुमोदन गरेपछि सचिवालय सदस्य संख्या १६ पुगेको हो ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा समावेश गर्ने प्रस्ताव सभापति रवि लामिछानेले बैठकमा प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बैठकबाट सर्वसम्मत रूपमा पारित भएको उनले जानकारी दिएका छन् ।
यस विस्तारपछि रास्वपाको सचिवालय संरचना निम्न अनुसार रहेको छ ।
सभापति : रवि लामिछाने
उपसभापति : स्वर्णिम वाग्ले
महामन्त्रीहरू : कविन्द्र बुर्लाकोटी, भूपदेव साह
सहमहामन्त्री : विपिन आचार्य
कोषाध्यक्ष : लिमा अधिकारी
सहकोषाध्यक्ष : वसु माया तामाङ
प्रवक्ता : मनिष झा
सचिवालय सदस्यहरूमा गणेश पराजुली, दीपक बोहरा, बिराज भक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम, हरि ढकाल, सागर ढकाल र सरिता श्री ज्ञवाली रहेका छन् ।
यससँगै पार्टीको सचिवालय १४ बाट विस्तार भएर १६ सदस्यीय बनेको छ । पार्टी नेतृत्वले यस विस्तारले संगठनात्मक कामलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ ।



