१८ जेठ, माडी । चितवनको माडी वसन्तपुरमा जारी नगरस्तरीय माडी मेयर कप छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिनका खेलहरू सम्पन्न भएका छन् ।
वसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको छात्रतर्फको खेलमा जनकल्याण माविले खैरहनी माविलाई ३–० गोल अन्तरले पराजित गर्दा अनिल परियार ‘प्लेयर अफ द म्याच’ घोषित भए भने छात्रातर्फ दिवाकर स्मृति माविले जनकल्याण माविलाई ८–० को फराकिलो अन्तरले हराउँदा जस्मिन महतो ‘प्लेयर अफ द म्याच’ भइन् ।
प्रतियोगिता अन्तर्गत भोलि जेठ १९ गते भने छात्रतर्फको मात्र एक खेल हुनेछ, जसमा माडी माध्यमिक विद्यालय र जनजिवन माध्यमिक विद्यालयबीच खेल तालिका रहेको छ । “शिक्षासँगै खेलकुद” भन्ने मूल नाराका साथ नगर शिक्षा तथा खेलकुद विकास समिति, माडी नगरपालिकाद्वारा आयोजित यो प्रतियोगिता जेठ २४ गतेसम्म चल्नेछ ।




