१४ बैशाख, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले सुकुम्बासी हटाउने काम हतारमा गरेको भन्दै आलोचना गरेका छन् । उनले छानबिन बिना गरिएको कदमले वास्तविक सुकुम्बासीलाई समेत दुःख पुगेको बताएका छन् ।
उनका अनुसार राज्यले जोरजबरजस्ती डोजर प्रयोग गरी बस्ती हटाएको देखिएको छ । पहिलेको अध्ययनका आधारमा वास्तविक र नक्कली सुकुम्बासी छुट्याउन सकिने अवस्था हुँदाहुँदै त्यसलाई बेवास्ता गरिएको उनले आरोप लगाए ।
पौडेलले सुकुम्बासी समस्या समाधानका लागि वैकल्पिक व्यवस्था सुनिश्चित नगरी हटाउनु गलत भएको भन्दै समय लिएर व्यवस्थित ढंगले समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।



