टिकटकमार्फत चिनजान गरी माडीकी १३ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा माडी–३ रेवा टोलका १९ वर्षीय सरफराज मिया पक्राउ परेका छन्।
प्रहरीका अनुसार आरोपितले नाबालिकालाई माडी–१ बोटे टोल नजिक मरठ खोलातर्फ बोलाई घटनालाई अन्जाम दिएका थिए। घटनापछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
पीडित नाबालिकालाई उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




