२३ असार, चितवन । चितवनको माडी ३, बसन्तपुरस्थित पेट्रोल पम्प नजिकै मंगलबार बिहान दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय माडीका अनुसार बिहान करिब ९:२५ बजे बरुवाबाट बसन्तपुरतर्फ आउँदै गरेको ना. ३८ प. १४४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना. ३५ प. ९५९५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ना. ३५ प. ९५९५ नम्बरका चालक माडी-२ निवासी ३५ वर्षीय कुमार परियार घाइते भएका छन्, जसको दुवै खुट्टामा चोट लागेको छ । यस्तै, अर्को मोटरसाइकलका चालक माडी-४ निवासी ३५ वर्षीय शक्ति मरदनिया, उनकी ३३ वर्षीया श्रीमती सोभा मरदनिया र सोही बाइकमा सवार ६१ वर्षीया कुमारी महतो घाइते भएका छन् ।
घाइतेहरूलाई तत्कालै उद्धार गरी बघौंडा अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि महतोबाहेक अन्य तीनै जनालाई थप उपचारका लागि भरतपुरस्थित एलाईभ अस्पताल रिफर गरिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




