पक्राउ परेको १३औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा लेखकलाई हिरासत मुक्त गरिएको हो ।
चैत १४ गतेदेखि नेपाल प्रहरीको नम्बर २ सशस्त्र प्रहरी गणमा राखिएका लेखक रिहाइपछि त्यहाँबाट बाहिरिएका छन् ।
मन्त्रिपरिषद्ले भदौ २३ र २४ का घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो ।



