भदौ २३–२४ को ‘जेनजी’ आन्दोलनमा भएको क्षतिको मुख्य जिम्मेवार ठहर गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्।
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि उनलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
आयोगले ओलीमाथि ‘फौजदारी लापरबाही’ र ‘हेलचेक्र्याइँ’ गरेको आरोप लगाउँदै अनुसन्धान र अभियोजन सिफारिस गरेको थियो। आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिमा उनी कार्यकारी प्रमुखको हैसियतमा जिम्मेवार रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।
यसअघि ओलीले आरोप अस्वीकार गर्दै घटनाको जिम्मेवारी सुरक्षा निकाय र गृह मन्त्रालयको भएको बताएका थिए। प्रहरीले उनीसहित तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
#PRD0821214



