नेपाली कांग्रेसको जारी महाधिवेशन प्रक्रियाअन्तर्गत चितवनका दुई फरक क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।
नेपाली कांग्रेस चितवन क्षेत्र नं. ३ (ख) को सभापतिमा दीपक दवाडी सर्वसम्मत निर्वाचित हुनुभएको छ । सभापति पदका अर्का उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दवाडी सर्वसम्मत रूपमा सभापति चयन हुनुभएको हो ।
यसैगरी, नेपाली कांग्रेस बागमती प्रदेश, चितवन क्षेत्र नं. २ (क) को प्रदेश प्रतिनिधिमा युवा नेतृ भावना कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । दुवै क्षेत्रमा नेता-कार्यकर्ताहरूको आपसी सहमति र एकताका आधारमा नेतृत्व चयन सम्पन्न भएको जनाइएको छ ।







