४ भदौ, चितवन । गरिमा चौधरीको न्यायको माग गर्दै ‘GenZ चितवन’ ले भरतपुरको चौबीसकोठीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूले पीडितलाई न्याय दिलाउन र प्रक्रियालाई पारदर्शी बनाउन राज्यको ध्यानाकर्षण गराएका थिए । चौबीसकोठी क्षेत्रमा भेला भएका सहभागीहरूले न्यायको पक्षमा विभिन्न नाराबाजी गर्दै आफ्नो आवाज प्रस्ट पारेका हुन् ।
यस्ता गम्भीर घटनामा पीडितले न्याय पाउने सुनिश्चितता हुनुपर्ने र कानुनी प्रक्रिया प्रभावकारी हुनुपर्ने GenZ चितवनको भनाइ छ । उनीहरूले निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दै न्यायका लागि उठाइएको आवाजमा साथ दिन आह्वान गरेका छन् ।







