१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हात उठाएर समय मागेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको सुरुमै उनले समय मागेका हुन् । त्यसपछि सभामुख अर्यालले केही समय रोके र समय दिए ।
प्रधानमन्त्री रोष्ट्रममा उभिएर सम्माननीय सभामुख ज्यू माननीय सदस्यहरुले प्रश्न सोध्न धेरै दिनदेखि समय माग्नुभएको रहेछ, त्यसका निम्ति समय दिन अनुरोध गर्न चाहन्छु, बालेनले भने ।सभामुख अर्यालले विपक्षीले पटकटक प्रधानमन्त्रीसँग प्रश्न सोध्न समय मागेको भन्दै हरेक दललाई दुई मिनेट समय दिने बताए ।




