माडी । विश्व प्रेस स्वतन्त्रता दिवस (मे-३) काे अवसर पारि माडी-३ बसन्तपुरमा thesmskhabar.com डिजिटल पत्रिकाकाे आज (आइतबार) औपचारिक सुभारम्भ गरिएकाे छ ।
माडी नगरपालिका वडा नं. ३ काे सभाहलमा सम्पन्न अन्तरक्रिया तथा डिजिटल पत्रिका सुभारम्भ कार्यक्रममा माडी-३ काे वडाध्यक्ष पुरन महताेकाे प्रमुख आतिथ्य रहेकाे थियाे भने स्वदेश एफ.एमका अध्यक्ष देव नारायण शाहकाे विशिष्ट आतिथ्य र एस.एम.एस. खबर डटकमका सम्पादक सुदर्शन सुवेदिकाे अध्यक्षता रहेकाे थियाे ।
माडीमा विगत ७ वर्षदेखि एस.एम.एस. टिभीकाे नामबाट परिचित अनलाइन मिडियाले औपचारिक रूपमै द एस एम एस खबर डटकम डिजिटल पत्रिकाकाे सुरूवात गरेकाे हाे । साथै, वेबसाइट भिजिट गरि २४ सै घण्टा अनलाइनमा गितहरू सुन्न सकिने सुविधा समेत थप गरिएकाे सञ्चालक सुर्यमान शाहले बताउनुभयाे ।



