बैशाख १६, काठमाडौँ । काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा ओमानले नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले हराएको छ । वर्षाका कारण ३६.५ ओभरमा खेल रोकिँदा नेपाल ७ विकेट गुमाएर १५५ रनमा थियो ।
३०६ रनको लक्ष्य पछ्याएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६० रन बनाए भने भीम सार्कीले २८ रन जोडे। ओमानका नदिम खानले ३ विकेट लिए ।
यसअघि ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको थियो, जसमा जतिन्दरले १३० रनको उत्कृष्ट इनिङ खेले । यो जितसँगै ओमानले ३१ अंक जोड्दा नेपाल १४ अंकमै सीमित भएको छ ।



