४ असोज, काठमाडौं । एमालेका महासचिव महेश बस्नेतले पार्टीको कार्यदल प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामासम्बन्धी विषय समावेश नभएको जानकारी दिएका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले विशेष महाधिवेशन र अध्यक्ष ओलीको राजीनामाको विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारे ।
“तीन नेताले जिम्मा पाएअनुसारको प्रतिवेदन बनेको छ । त्यही प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।”
एमाले कार्यदलतर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार पारेका थिए । महासचिव पोखरेलले बनाएको प्रतिवेदनमा भने अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने उल्लेख थियो ।
दुवै प्रतिवेदनका बुँदामा सहमति नबनेपछि अध्यक्ष ओलीले प्रतिवेदन पुनर्लेखन गर्ने जिम्मेवारी नेता प्रदीप ज्ञवालीलाई सुम्पेका थिए । ज्ञवालीले नेतृत्व हस्तान्तरण र रूपान्तरणसम्बन्धी बहस गर्न सकिने उल्लेख गर्दै अध्यक्षको राजीनामाको विषयलाई भने थप छलफलको विषय भनी प्रतिवेदन तयार पारेका थिए ।







