२२ साउन, माडी । नारायण थापाको शब्द रचना तथा सङ्गीत रहेको यस गीतमा नारायण थापा र गायिका मेनुका कार्कीको सुमधुर स्वर रहेको छ । तीजको मर्म र रौनकतालाई समेटेर तयार पारिएको भिडियोलाई होटल प्याराडाइज, रसमिका स्केट हब तथा ब्रह्मपुरी शिवालय मन्दिर परिसरका आकर्षक दृश्यहरूमा छायांकन गरिएको छ ।
म्युजिक भिडियोमा डान्सर तथा मोडल कौशल कृष्ण र मोडल सलिना रानामगरको मुख्य अभिनय एवं बेजोड नृत्य देख्न सकिन्छ । उनीहरूको अभिनय र उत्कृष्ट केमेस्ट्रीले भिडियोलाई अझ बढी जीवन्त र आकर्षक बनाएको छ ।
माण्डवी फिल्म्सले आफ्ना अघिल्ला भिडियोहरूभन्दा पृथक् र परिमार्जित शैलीमा यो गीत दर्शकमाझ ल्याएको जनाएको छ । मौलिकता र आधुनिकताको उत्कृष्ट सम्मिश्रण रहेको यस तीज गीतलाई आम दर्शक तथा श्रोताले मन पराउनेमा निर्माण पक्ष पूर्ण विश्वस्त रहेको छ ।







