२ असार, माडी । नेपाल औषधि व्यवसायी संघ माडी नगरपालिका शाखाको नयाँ अध्यक्षमा सम्भु तिवारी चयन हुनुभएको छ । सोमबार राती माडीस्थित एकान्तघर होमस्टेको सभाहलमा सम्पन्न शाखा समितिको अधिवेशनबाट तिवारी अध्यक्ष रहने गरी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा सफल गौतम, कोषाध्यक्षमा ऋषिराम थापा र सचिवमा लोकबहादुर क्षेत्री चयन हुनुभएको छ । यसैगरी, समितिको सदस्यहरूमा नरेन्द्र प्रसाद दाहाल, कुलदेव महतो र टेकमणि महतो निर्वाचित हुनुभएको छ ।
निवर्तमान अध्यक्ष गोविन्द प्रसाद नेपालको अध्यक्षतामा सम्पन्न सो अधिवेशनले नयाँ समितिलाई आवश्यक मार्गदर्शन र सल्लाह दिनका लागि सल्लाहकार समितिको पनि टुङ्गो लगाएको छ । जसअनुसार सल्लाहकारहरूमा निवर्तमान अध्यक्ष नेपालसहित रविशंकर शाह, भोजराज खनाल, हेमराज गौतम, नन्द किशोर महतो र गोविन्द प्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ । माडी क्षेत्रका औषधि व्यवसायीहरूको हकहित र व्यवसायलाई थप व्यवस्थित बनाउन नयाँ समितिले काम गर्ने विश्वास लिइएको छ ।




