माडी, चितवन | नगर शिक्षा तथा खेलकूद विकास समिति माडीको आयोजनामा शिक्षासँगै खेलकुद भन्ने मूल नाराका साथ आगामी जेष्ठ १५ गतेदेखि २० गतेसम्म मेयर कप छात्र तथा छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
माडी माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने यस प्रतियोगितामा छात्र र छात्रा दुवै विधाका विजेता टोलीले १५ हजार रुपैयाँ र उपविजेताले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताका लागि छात्रतर्फ प्रत्येक विद्यालयको छुट्टाछुट्टै टिम हुनुपर्ने प्रावधान राखिएको छ भने छात्रातर्फ एकभन्दा बढी विद्यालय मिलेर पनि एउटा टिम बनाउन सकिने व्यवस्था मिलाइएको छ ।
प्रतियोगिताका बारेमा थप जानकारी आवश्यक परेमा आयोजक समितिका संयोजक नवीन बस्याललाई ९८४५२००६३८ र पदम नेपालीलाई ९८६५२८३७ मा सम्पर्क गर्न सकिने समितिले जनाएको छ ।




