काठमाडौं । बैशाख ९
प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाबाट अतिक्रमित सुकुम्बासी बस्ती हटाउने अभियान सुरु गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
शनिबार र आइतबारदेखि बस्ती खाली गराउने काम सुरु गर्न गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँगको बैठकमा निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अभियानको सुरुवात काठमाडौं उपत्यकाबाट गरिनेछ । यसअघि मेयर हुँदा पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए तर स्थानीयको विरोधका कारण सफल हुन सकेका थिएनन् ।



