काठमाडौँ । बिशाख ७ गते
आफ्नो नाम विवादमा जोडिएपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् । उनले “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोप अस्वीकार गर्दै २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको बताएका छन् ।
उनका अनुसार सबै लगानी बैंकिङ प्रणालीमार्फत भएको र ऋणमार्फत जुटाइएको रकम प्रयोग गरिएको हो । “सेयर किन्नु अपराध होइन,” भन्दै उनले एउटै कम्पनीमा धेरै सेयरहोल्डर हुने भएकाले यसलाई साझेदारीको रूपमा व्याख्या गर्नु गलत भएको बताए ।
स्वार्थको द्वन्द्व सम्बन्धी आरोपबारे उनले छानबिन अर्थ मन्त्रालय अन्तर्गतको निकायबाट भइरहेको र आफूले कुनै हस्तक्षेप नगरेको जिकिर गरेका छन् । गुरुङले आरोपभन्दा प्रमाण महत्वपूर्ण हुने उल्लेख गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।




