७ असोज, चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सम्पन्न माडी नगर अधिवेशनबाट माडी नगरपालिकाका उपप्रमुखसमेत रहनुभएका खेमप्रसाद महतो नगर सभापतिमा चयन हुनुभएको छ ।
नगर अधिवेशनअघि माडीका सबै ९ वटै वडाहरूमा वडा अधिवेशन सम्पन्न भई नयाँ वडा समितिहरू गठन भइसकेका छन् । जसअन्तर्गत वडा नं. १ मा भोजराज पौडेल, वडा नं. २ मा ईश्वरी महतो, वडा नं. ३ मा पञ्चम महतो, वडा नं. ४ मा जिबलाल चापागाईं र वडा नं. ५ मा कृष्ण सुवेदी वडा सभापतिमा चयन हुनुभएको छ । त्यस्तै वडा नं. ६ मा गणेश मकाजु, वडा नं. ७ मा लालकृष्ण आचार्य, वडा नं. ८ मा मुक्तिनाथ न्यौपाने र वडा नं. ९ मा भक्तिराम पौडेल वडा सभापतिमा चयन हुनुभएको छ ।
माडीका सबै ९ वटै वडामा नयाँ नेतृत्व चयन सम्पन्न भएसँगै नगर समितिले पनि नगर उपप्रमुख महतोको नेतृत्वमा नयाँ कार्यसमिति पाएको हो ।







