माडी, चितवन । ०७ सोमवार
बघौंडा मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा बलराम महतो पुन : चयन भएका छन् । सोमबार माडी क्याम्पस परिसरमा सम्पन्न प्रक्रियामार्फत उनी दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष बनेका हुन् ।
समितिको उपाध्यक्षमा हिरामणि चौधरी, सचिवमा चण्डीप्रसाद दुबे र कोषाध्यक्षमा खड्कबहादुर सुनार चयन भएका छन् । सदस्यहरूमा लोकप्रसाद देवकोटा, सुरेन्द्र महतो, शेरबहादुर बि.क., त्रिलोकी महतो र कृष्णबहादुर रानाभाट रहेका छन् ।
यसअघि इकाई तहबाट ४ जना निर्वाचनमार्फत र ५ जना सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका थिए । सबै निर्वाचित सदस्य पुरुष भएकाले अब समितिले मनोनयनमार्फत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अवस्था देखिएको छ ।



