११ असोज, चितवन । आज आइतबार बिहान रिउ खोलाको ड्याम फुट्दा माडीका गर्दी, सेरुवा र बनकट्टाका विभिन्न भाग डुबानमा परेका थिए । माडी–भरतपुर सडकखण्डअन्तर्गत बनकट्टा गेटनजिक सडक डुबानमा पर्दा बिहान आवतजावत अवरुद्ध भएको थियो ।
उक्त स्थानमा पानीको सतह घटेसँगै यातायात सञ्चालनमा आएको भए तापनि अहिले चितवन राष्ट्रिय निकुञ्जभित्रको देउरालीडाँडानजिक बाटो बिग्रिएका कारण माडी–भरतपुर यातायात पूर्ण रूपमा ठप्प रहेको छ ।
हाल माडीभित्रका आन्तरिक सडकहरूमा यातायात सञ्चालनमा आएको भए तापनि निकुञ्जभित्रको देउरालीडाँडामा बाटो नबनेसम्म माडी रभरतपुरबीचको सम्पर्क अवरुद्ध नै रहनेछ । तेस्तै माडी कल्याणपुरमा देशकै सबैभन्दा धेरै १९८.८ मिलिमिटर पानि परेको थियो । हेर्नुहोस् रिउ खोलाको ड्याम फुटेपछिको केहि फोटोहरु :

















